युएईमा जारी वेस्ट इन्डिजविरूद्ध टी-२० सिरिजको अन्तिम खेलमा नेपालले १२३ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मंगलबार शारजाह रंगशालामा जारी खेलमा नेपालले १० विकेट गुमाएर १२२ रन बनाएको हो। एक बल बाँकी रहँदै १०औं विकेट गुमेको थियो।
कुशल भुर्तेलले ३९ रन बनाए भने कप्तान रोहित पौडेलले १९, कुशल मल्लले १२ र आरिफ शेखले ६ रन बनाए। गुल्शन झा १० र आदिल आलम ३ रन बनाएर रनआउट भएका थिए।
त्यस्तै, सन्दीप जोरा १४ रन, लोकेश बम १० रन र सोमपाल कामी ४ रन बनाएर आउट भएका थिए।
रेमन सिमोन्ड्सले उत्कृष्ट बलिङ गरी चार विकेट लिए। उनले कप्तान पौडेल, शेख, कामी र करण केसीको विकेट लिएका हुन्। केसी पहिलो बलमै आउट भएका थिए।
जेसन होल्डरले मल्ल र अकिल हुसैनले भुर्तेलको विकेट लिएका हुन्। एलेन जेडिया ब्लेड्सले जोरा र बमलाई आउट गरेका थिए।