अफगानिस्तानले यूएईमा यहि महिना हुने एसिसी एसिया कपका लागि राष्ट्रिय टोली घोषणा गरेको छ। टी-२० फर्स्याटमा हुने एसिया कपमा लागि अफगानिस्तानले १७ सदस्य टोली घोषणा गर्दा कप्तानी राशिद खानले गर्नेछन्।
अफगानिस्तानले अर्को वर्ष हुने टी-२० विश्वकपलाई प्राथमिकताम राखेको छ। एसिया कपले विश्वकपको तयारी हुने अफगानिस्तानको विश्वास छ।
सन् २०२४ को टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्यान्ड र अस्ट्रेलिया जस्ता बलिया टोलीलाई हराउँदै सेमिफाइनलसम्म पुगेको थियो।
टोलीमा मोहम्मद नबी, करिम जन्नत र गुलबदिन नाइब जस्ता अनुभवी खेलाडीका साथै शीर्ष क्रममा रहमानउल्लाह गुरबाज र इब्राहिम जादरान जस्ता विस्फोटक ब्याट्सम्यान छन्।
एसिया कपमा अफगानिस्तानले आफ्ना सबै समूह चरणका खेलहरू अबु धाबीमा खेल्नेछ।
एसिया कप अभियान सुरु गर्नुअघि अफगानिस्तानले अगस्ट २९ देखि यूएई र पाकिस्तान सम्मिलित टी-२० त्रिकोणात्मक सिरिज खेल्नेछ।
एसिया कपको समूह चरणमा अफगानिस्तानका खेलहरू:
• ९ सेप्टेम्बर – अफगानिस्तान विरुद्ध हङकङ, चीन, अबु धाबी
• १६ सेप्टेम्बर – बंगलादेश विरुद्ध अफगानिस्तान, अबु धाबी
• १८ सेप्टेम्बर – श्रीलंका विरुद्ध अफगानिस्तान, अबु धाबी
सुपर फोर
• २०-२६ सेप्टेम्बर, अबु धाबी र दुबईमा
फाइनल
• २८ सेप्टेम्बर, दुबईमा
अफगानिस्तानको टोली:
राशिद खान (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जादरान, दरविश रसूली, सेदिकुल्लाह अटल, अजमतुल्लाह ओमरजाई, करिम जन्नत, मोहम्मद नबी, गुलबदिन नाइब, शराफुद्दीन अशरफ, मोहम्मद इशाक, मुजिब उर रहमान, अल्लाह गजनफर, नूर अहमद, फरीद मलिक, नवीन-उल-हक, फजलहक फारुकी।