रोयल च्यालेन्जर्स बेंग्लुरू इण्डियन प्रिमियर लिग (आइपिएल)को अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।
गएराति नवौं खेलमा राजस्थान रोयल्सलाई पराजित गर्दै बेंग्लुरू तालिकाको तेस्रो स्थानमा उक्लिएको हो।
उसले ६ खेल जित्दै १२ अंक जोडेको छ। समान अंकका साथ गुजरात टाइटन्स पहिलो र दिल्ली क्यापिटल्स दोस्रो स्थानमा छ। उनीहरूले एक खेल कम खेलेका छन्।
एम चिन्नाश्वामी स्टेडियममा गएराति बेंग्लुरूले राजस्थानलाई ११ रनले पराजित गरेको थियो।
२०६ रनको लक्ष्य पछ्याएको राजस्थानले ९ विकेट गुमाएर १९४ रनमात्रै बनाउन सक्यो।
राजस्थानका लागि ओपनर यशश्वी जैसवालले १९ बलमा ७ चौका र ३ छक्का हानेर बनाएको ४९ रन सर्वाधिक रह्यो।
ध्रुव जुरेलले ३४ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ४७ रन बनाएका थिए। नितिश रानाले २८, कप्तान रियान परागले २२ र वैभव सूर्यवंशीले १६ रनको योगदान गरे।
बलिङमा बेंग्लुरूका जोश हेजलउडले चार विकेट लिए। क्रुनाल पाण्डेले २ तथा भूवनेश्वर कुमार र यश दयालले एक/एक विकेट लिए।
पहिले ब्याटिङ गरेको बेंग्लुरूले ५ विकेट गुमाएर २०५ रन बनाएको थियो। त्यस क्रममा विराट कोहली र देवदत पाडिकलले अर्धशतक हाने।
कोहलीले ४२ बलमा ८ चौका र २ छक्का हानेर ७० रन बनाउँदा पाडिकलले २७ बलमा ४ चौका र ३ छक्का हानेर ५० रन बनाएका थिए।
ओपनर फिल सल्टले २३ बलमा ४ चौका हानेर २६ रन जोडे। टिम डेविडले २३ र जितेश शर्माले २३ रनको योगदान गरे।
बलिङमा राजस्थानका सन्दीप शर्माले २ तथा जोफ्रा आर्चरले १ र वानिडु हसरंगाले एक/एक विकेट लिए।
शुक्रबार चेन्नई सुपरकिंग्स र सनराइजर्स हैदरावाद भिड्दैछन्।