इंग्लिस प्रिमियर लिगमा बुधबार राति आर्सनल र क्रिस्टल प्यालेसबीचको खेल २-२ को रोमाञ्चक बराबरीमा सकिएको छ।
यससँगै उपाधि होडमा शीर्षको लिभरपुललाई फाइदा पुगेको छ। लिभरपुललाई अब उपाधि जित्न केवल एक अंक मात्र आवश्यक छ।
एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले सुरुवातमै अग्रता लिएको थियो, तर प्यालेसले उत्कृष्ट पुनरागमन गर्दै बराबरी गर्न सफल भयो।
आर्सनलले तेस्रो मिनेटमा किवेरको गोलबाट अग्रता लियो। तर प्यालेसका इजेले २७ मिनेटमा बराबरी गोल फर्काए।
४२ मिनेटमा ट्रोसार्डको गोलबाट आर्सनलले दोस्रो पटक अग्रता लिएको थियो। फेरि प्यालेसका माटेटाले ८३ मिनेटमा बराबरी गोल फर्काए।
यस बराबरीसँगै आर्सनलको शीर्ष स्थानमा पुग्ने सम्भावना कमजोर भएको छ। आर्सनलको ३४ खेलबाट ६७ अंक छ। उसको अन्तिम चार खेल खेल्न बाँकी छ र लिभरपुलसँग १२ अंकले पछि परेको छ।
शीर्ष स्थानको लिभरपुल ३४ खेलबाट ७९ अंक जोडेर बलियो स्थानमा छ। अब लिभरपुलले बाँकी पाँच खेलमध्ये कुनै एकमा बराबरी गरे मात्र २०१९-२० सिजनपछि पहिलोपटक लिग उपाधि जित्नेछ।