प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफले लगातार तेस्रो खेलमा जित निकालेको छ।
धनगढीको मौसमका कारण पाँच ओभरमा झारिएको खेलमा एपिएफले कर्णाली प्रदेशलाज्ञ १० विकेटले हरायो।
पहिले ब्याटिङ गरेको कर्णालीले पाँच ओभरमा ७ विकेटको क्षतिमा २० रन मात्र जोड्न सक्यो। उसका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङमा सुदूरपश्चिमकी आशिका महारले ३ विकेट र कविता कुँवरले २ विकेट लिए।
२१ रनको लक्ष्य सुदूरपश्चिमले १.३ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्यो। उसका कविता कुँवरले १४ रन र मिनसा बोरहाले ५ रन बनाए।