त्रिवि क्रिकेट मैदानमा नेपालका राजनीतिक नेता र कलाकारहरूबीच मैत्रीपूर्ण क्रिकेट आयोजना गरिएको छ।
आगामी साता सुरू हुन लागेको जय नेपाल कपको पूर्वरार्धमा आयोजना गरिएको प्रतियोगितामा कलाकार र नेताहरूले १० ओभरको खेल खेलेका छन्।
मैत्रीपूर्ण खेलका आयोजकले रेखा थापा, जितु नेपाल, केकी अधिकारी, प्रा.डा. सुरेन्द्र भण्डारी, धीरज राई, स्वागत नेपाल, बद्री पंगेनी, टीकाराम यात्री, विजय बराल, शिव श्रेष्ठ, प्रकाश सपुत, नीर शाह, डा. शेखर कोइराला, गगन थापा, विश्व प्रकाश शर्मा, जीवन परियार, गृहमन्त्री रमेश लेखक, योगेश भट्टराई, महेश बस्नेत, रामकुमारी झाँक्री, मिनेन्द्र रिजाल, खेलकुद मन्त्री तेजुलाल चौधरी लगायतलाई बोलाएको थियो।
तीमध्ये उपस्थित भएका नेता तथा कलाकारहरूलाई खेलाइएको थियो।
जय नेपाल कप टी-२० अन्तरविश्वविद्यालय अन्तर्राष्ट्रिय प्रतियोगिता माघ ७ देखि हुँदैछ। जहाँ नेपालका चार, भारतका तीन र बंगलादेशको एउटा विश्वविद्यालयका टोलीले भाग लिँदै छन्।
तस्बिरहरूः
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।