जनवरी २२ देखि कोलकातामा सुरु हुने इंग्ल्यान्डविरुद्धको पाँच टी-२० खेलका लागि भारतीय टोली घोषणा गरिएको छ।
तीव्र गतिका बलर मोहम्मद शामीले भारतीय टोलीमा पुनरागमन गरेका छन्। उनी नोभेम्बर २०२३ मा एकदिवसीय विश्वकप फाइनलमा खेलेपछि चोटग्रस्त थिए। ,उनको गोलीगाँठोको शल्यक्रिया भएको थियो र घुँडासँग सम्बन्धित चोट पनि लागेको थियो।
सूर्यकुमार यादवको कप्तानीमा टी-२० घोषणा गरिदा भारतीय छनोटकर्ताले एकदिवसीय टोली घोषणा गरेका छैनन्। भारतले फेब्रअरीमा इंग्ल्यान्डविरूद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ। यस्तै च्याम्पियन्स ट्रफीको लागि प्रोभिजनल टोलीका लागि अन्तिम मिति जनवरी १२ हो।
जसप्रीत बुमराह टोलीमा छैनन्। सिड्नीमा भएको अष्ट्रेलियाविरुद्धको पाँचौं टेस्टको दोस्रो इनिङग्स बलिङ गर्नुअघि उनलाई चोट लागेको थियो। उनको चोटको विषयमा अझै अनिश्चितता कायम छ।
अष्ट्रेलियामा टेस्ट सिरिज खेलेपछि ऋषव पन्त, यशस्वी जैशवाल र शुभमन गिललाई आराम दिइएको छ। सिरिजका लागि सन्जु सामसन र ध्रुव जुरेल दुई विकेटकिपर हुन्। ब्याटिङ अलराउन्डर रियान पराग काँधको चोटबाट निको नभएकाले उपलब्ध छैनन्।
भारतीय टोली
सूर्यकुमार यादव (कप्तान), रिंकु सिंह, अर्शदीप सिंह, सन्ज सामसन (विकेटकिपर), नितिश कुमार रेड्डी, मोहम्मद शामी, अभिषेक शर्म, ध्रुव जुरेल (विकेटकिपर), वरुण चक्रवर्ती, तिलक वर्मा, अक्षर पटेल (उकप्तान), रवि बिश्नोई, हार्दिक पाण्डे, हर्षित राना, वाशिंगटन सुन्दर।