सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण शनिबारदेखि सुरू हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा २० दिन चल्ने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
नेपालका राष्ट्रिय क्रिकेटरसँगै विदेशबाट आउने खेलाडीका कारण एनपिएलको चर्चा बढिरहेको छ। यस पटकको लिगमा १६ देशका कम्तीमा ४० खेलाडी एनपिएल खेल्न नेपाल आउँदैछन्।
भारतका शिखर धवनदेखि अस्ट्रेलियाका बेन कटिङले कीर्तिपुरस्थित त्रिवि मैदानमा आफ्नो कौशल देखाउनेछन्।
एनपिएलका बारेमा सम्पूर्ण जानकारी;
आयोजक : नेपाल क्रिकेट संघ (क्यान), पहिलो संस्करणको फ्रेञ्चाइज लिग
फर्म्याट : टी-२०
आयोजना मिति : मंसिर १५ देखि पुस ६ गतेसम्म
सहभागी टोली : आठ टोली (विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स
खेल हुने स्थान : काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदान
टिकट मूल्य;
उद्घाटन खेल : साधारणको ३ सय र भिआइपी ७ सय रुपैयाँ
लिग खेल (एक दिनको) : साधारणको ३ सय र भिआइपी ५ सय रुपैयाँ
प्लेअफ : साधारणको ५ सय र भिआइपी ७ सय रुपैयाँ
फाइनल : साधारणको ५ सय र भिआइपी एक हजार रुपैयाँ
प्रत्यक्ष प्रशारण
टेलिभिजन – स्टार स्पोर्ट्स नेटवर्क, युट्युव – एक्सन स्पोर्ट्स एचडी
विजेता पुरस्कार: नेपालीमध्ये उत्कृष्ट हुने खेलाडीलाई ६२ लाखको ओमोडा इ-५ कार (विजेताको टोलीको पुरस्कार घोषणा हुन बाँकी)
नेपाली खेलाडी संख्या: आठ टोलीका एक एक मार्की खेलाडी (८), अक्सनबाट दश-दश खेलाडी (८०) र ट्यालेन्ट हन्टबाट एक एक आइकोनियक खेलाडी (८), जम्मा : ९६ नेपाली खेलाडी
विदेशी खेलाडी: प्रत्येक टोलीमा कम्तीमा चार र बढीमा छ खेलाडी (अहिलेसम्म ४० खेलाडी आबद्ध, एक टोली चार जना खेलाडी प्लेइङ-११ मा राख्न पाउने प्रावधान)
नेपाली खेलाडीको पारिश्रमिक : मार्कीको २० लाख, अक्सनबाट छानिएका खेलाडीको बढीमा १५ र घटीमा २ लाख।
विदेशी खेलाडीको पारिश्रमिक : कर्णालीका शिखर धवनको एक खेलको ३० हजार डलर, अधिकांश खेलाडीको पारिश्रमिक नखुलाइएको।
एक अर्बको नेपाल प्रिमियर लिग हुने अपेक्षा
पहिलो संस्करणको एनपिएलमा अहिले सबै फ्रेञ्चाइज टोलीले खुलेर खर्च गरिरहेका छन्। एक टोलीले कम्तिमा पनि ७ करोडभन्दा बढी रूपैयाँ खर्च गर्ने अनुमान गरिएको छ।
यो खर्चमा टोली खरिद, नेपाली तथा विदेशी खेलाडीको पारिश्रमिक, प्रशिक्षक, पोसाक र होटल खर्च जोडिनेछ। टोलीहरूले प्रायोजकमार्फत् खर्च जुटाउने काम गरिरहेका छन्।
क्यानले प्रतियोगिताका लागि सिद्धार्थ बैंकसँग मुख्य प्रायोजकका लागि सम्झौता गरेको छ। पाँच वर्षको सम्झौता २० करोड रूपैयाको भएको सेतोपाटीलाई सूचना प्राप्त भएको छ। तर बैंक र क्यानले भने प्रायोजन अहिलेसम्मकै सर्वाधिक भएको बताए पनि रकम भने खुलाउन चाहिरहेका छैनन्।
यो बाहेक लिगलाई एनसेलले पनि प्रायोजन गरिसकेको छ। क्यानले व्यावसायिक अधिकार ब्रान्ड डिजिटल लजिक प्रालिलाई ५ करोड ९२ लाख रूपैयाँमा बिक्री गरेको थियो।
यो बाहेक क्यानले २० दिन खेल सञ्चालन गर्दा कम्तीमा पनि प्रतिदिन ३० लाख उठाउने लक्ष्य राखेकाले टिकट बिक्रीबाट मात्र यो सिजन कुल ६ करोड रूपैयाँ बढी उठाउने लक्ष्य लिएको छ।
पहिलो सिनज एक अर्बको करोबार हुने चर्चा भइरहँदा क्यानका सचिव पारस खड्काले आशावादी रहेको बताएका थिए।
‘हाम्रो लक्ष्य नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटलाई फाइदा पुगोस भन्ने हो। यति नै खर्चको लिग होला भन्न त नमिल्ला,’ खड्काले एक कार्यक्रममा भनेका थिए, ‘हामी पनि लिग एक अर्बको हुन्छ भन्नेमा आशावादी छौं।’
टोली, खेलाडी, मालिक र खरिद मूल्य
विराटनगर किंग्स
सन्दीप लामिछाने – मार्की, लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्यान्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्यान्ड), इस्मल आलम (अफगानिस्तान)।
प्रशिक्षक – केभिन ओ’ब्राइन (आयरल्यान्ड)।
स्वामित्व - एमएडी ड्रिम्स स्पोर्ट्स (पारस लुनिया, वेन्कटेस मुन्द्रा)
खरिद मूल्य - १ करोड ५१ लाख रूपैयाँ
जनकपुर बोल्ट्स
आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, जिमी निशम (न्युजिल्यान्ड), जोशुआ ट्रम्प (अमेरिका), बेन माइक (इंग्ल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका), हर्ष थाकर (क्यानडा)।
प्रशिक्षक – पुबुद दसानायके (क्यानडा)।
स्वामित्व - ड्रिम स्पोर्ट्स प्रालि
खरिद मूल्य - २ करोड ५ लाख रूपैयाँ
चितवन राइनोज
कुशल मल्ल – मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, रवी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड), सलाहुद्दिन खान (आइकोनिक)।
प्रशिक्षक-उमेश पटवाल
स्वामित्व – चितवन मेडिकल कलेज (डा हरिस न्यौपाने, आयुष न्यौपाने)
खरिद मूल्य - १ करोड ७६ लाख १ हजार रूपैयाँ
काठमाडौं गुर्खाज
करण केसी – मार्की, शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, नेथन सोउटर (इंग्ल्यान्ड), स्टेफन इस्किनाजी (इंग्ल्यान्ड), ड्यान डौथवेट (इंग्ल्यान्ड), माइकल लेभिट (नेदरल्यान्ड्स), जेहार्ड एरासमस (नामिबिया), कृष कार्की (आइकोनिक)।
प्रशिक्षक- बसन्त शाही।
स्वामित्व - काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर (कान्तिपुर मिडिया ग्रुप, मेडिसिटी अस्पताल, याक एण्ड यती होटल)
खरिद मूल्य - ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रूपैयाँ
पोखरा एभेन्जर्स
कुशल भुर्तेल – मार्की, सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, आन्द्रेस गौस (अमेरिका), बास डे लिडे (नेदरल्यान्ड्स), म्याट क्रिचली (इंग्ल्यान्ड), रेमन राइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्यान्ड), सुदिप आर्याल (आइकोनिक)।
प्रशिक्षक – राजीव कुमार (भारत)
स्वामित्व - नेपाल टी-२० प्रालि (सुवोध त्रिपाठी, मनोवल श्रेष्ठ)
खरिद मूल्य - ३ करोड ५७ लाख रूपैयाँ
लुम्बिनी लायन्स
रोहित कुमार पौडेल– मार्की, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इंग्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज), शाद बिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक)।
प्रशिक्षक- नन्दन फाडनिस (भारत)
स्वामित्व – फर्चुना हेल्थ केयर (ईश्वर जिसी)
खरिद मूल्य - १ करोड ८६ लाख ४ रूपैयाँ
कर्णाली याक्स
सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान), विपिन शर्मा (आइकोनिक)।
प्रशिक्षक – ज्ञानेन्द्र मल्ल
स्वामित्व - हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स (झनकदत्त खनाल, गृहेन्द्र घिमिरे)
खरिद मूल्य - १ करोड ११ लाख ७० हजार रूपैयाँ
सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई), बसन्त खत्री (आइकोनिक)।
प्रशिक्षक – जगत टमाटा
स्वामित्व – एम्पायर स्पोर्ट्स (स्वतन्त्र प्रताप शाह)
खरिद मूल्य - १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रूपैयाँ
२० दिन ३२ खेलको तालिका र समय
मंसिर १५ - १२:१५ बजे – विराटनगर भर्सेस जनकपुर
मंसिर १६- ब्रेक (स्थानीय तह उपनिर्वाचनका कारण)
मंसिर १७ गते – ९:१५ बजे – काठमाडौं भर्सेस चितवन
मंसिर १७ गते – १:१५ बजे – जनकपुर भर्सेस कर्णाली
मंसिर १८ गते – ९:१५ बजे – सुदुरपश्चिम भर्सेस विराटनगर
मंसिर १८ गते – १:१५ बजे – चितवन भर्सेस पोखरा
मंसिर १९ गते – ९:१५ बजे – कर्णाली भर्सेस काठमाडौं
मंसिर १९ गते – १:१५ बजे – विराटनगर भर्सेस लुम्बिनी
मंसिर २० गते – ९:१५ बजे – पोखरा भर्सेस जनकपुर
मंसिर २० गते – १:१५ बजे – काठमाडौं भर्सेस सुदुरपश्चिम
मंसिर २१ गते – ९:१५ बजे – कर्णाली भर्सेस चितवन
मंसिर २१ गते – १:१५ बजे – लुम्बिनी भर्सेस पोखरा
मंसिर २२ गते – ९:१५ बजे – लुम्बिनी भर्सेस सुदुरपश्चिम
मंसिर २२ गते – १:१५ बजे – कर्णाली भर्सेस विराटनगर
मंसिर २३ गते – ९:१५ बजे – जनकपुर भर्सेस लुम्बिनी
मंसिर २३ गते – १:१५ बजे – सुदूरपश्चिम भर्सेस चितवन
मंसिर २४ ब्रेक
मंसिर २५ गते – ९:१५ बजे – चितवन भर्सेस लुम्बिनी
मंसिर २५ गते – १:१५ बजे – कर्णाली भर्सेस पोखरा
मंसिर २६ गते – ९:१५ बजे – जनकपुर भर्सेस सुदुरपश्चिम
मंसिर २६ गते – १:१५ बजे – काठमाडौं भर्सेस लुम्बिनी
मंसिर २७ गते – ९:१५ बजे – पोखरा भर्सेस विराटनगर
मंसिर २७ गते – १:१५ बजे – काठमाडौं भर्सेस जनकपुर
मंसिर २८ गते – ९:१५ बजे – लुम्बिनी भर्सेस कर्णाली
मंसिर २८ गते – १:१५ बजे – विराटनगर भर्सेस चितवन
मंसिर २९ गते – ९:१५ बजे – काठमाडौं भर्सेस पोखरा
मंसिर २९ गते – १:१५ बजे – जनकपुर भर्सेस चितवन
मंसिर ३० गते – ९:१५ बजे – काठमाडौं भर्सेस विराटनगर
मंसिर ३० गते – १:१५ बजे – पोखरा भर्सेस सुदूरपश्चिम
पुस १ गते – ९:१५ बजे – सुदूरपश्चिम भर्सेस कर्णाली
पुस २ ब्रेक
पुस ३ गते – ९:१५ बजे – तेस्रो स्थान भर्सेस चौथो स्थान (एलिमिनेटर)
पुस ३ गते – १:१५ बजे - पहिलो स्थान भर्सेस दोस्रो स्थान (पहिलो क्वालिफायर)
पुस ४ गते – १२:१५ बजे – एलिमिनेटर विजेता भर्सेस पहिलो क्वालिफायर पराजित (दोस्रो क्वालिफायर)
पुस ५ ब्रेक
पुस ६ गते – १२ : १५ बजे – पहिलो क्वालिफायर विजेता भर्सेस दोस्रो क्वालिफायर विजेता (फाइनल)
भिडिओ: