नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी लायन्सले इंग्ल्यान्डका टम मूरलाई भित्र्याएको छ।
लुम्बिनीले दायाँ हाते विकेटकिपर ब्याट्सम्यानलाई भित्र्याएको खुसी व्यक्त गरेको छ। इंग्ल्यान्डको यू-१९ टोलीबाट खेलेका उनीसँग पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिग खेलेको अनुभव छ।
यता काठमाडौं गोर्खाजले नेदरल्यान्डका ब्याटर माइकल लेभिटसँग सम्झौता गरेको छ।
२१ वर्षीय आक्रमक ब्याटर लेभिटले गत वर्ष नेदरल्यान्ड्सको टोलीबाट कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालविरूद्ध समेत खेलेका थिए।
गत वर्ष त्रिविमा नेपालविरूद्धको एकदिवसीय र टी-२० सिरिज उनको डेब्यू प्रतियोगिता थियो।
डच टोलीबाट १७ टी-२० खेलेका उनले चार अर्धशतक र एक शतक प्रहार गरिसकेका छन्।
आठ टोलीबीच हुने एनपिएल आगामी मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सञ्चालन हुनेछ।