अमेरिका विरूद्धको टी-२० सिरिज क्लिन स्विप गरेको नेपाल अभ्यास खेलमा भनेर पराजित हुन पुगेको छ।
गएराति अमेरिकाको 'ए' टिमसँग भएको एकदिवसीय अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित भएको हो।
ग्राण्ड प्रेइरीमा पहिले ब्याटिङ गरेको नेपाल ८१ रनमा अलआउट भएको थियो। त्यसक्रममा कुशल मल्लले ४८ बलमा १८ रन, देव खनालले १२ र भीम सार्कीले १० रन बनाए।
अरू ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालले दिएको ८२ रनको लक्ष्य अमेरिकाले २१.१ ओभर खेल्दै ६ विकेट गुमाएर भेट्टाएको थियो।
अमेरिकाका लागि नितिश रेड्डीले ३९ बलमा सर्वाधिक २९ तथा ओपनर राहुल जरिवालले २६ रन जोडे।
बलिङतर्फ सन्दीप लामिछानले ४ विकेट तथा रिजन ढकाल र ललित राजवंशीले १/१ विकेट लिए।
नेपालले आइतबारदेखि ग्राण्ड प्रिएरीमै अमेरिका र स्कटल्याण्डबीच आइसिसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक सिरिज खेल्दैछ।