घरेलु टोली अमेरिकाले तेस्रो टी-२० मा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ।
अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन जोड्यो।
अमेरिकाका लागि ओपनिङ ब्याटर मुक्कामल्लले सबैभन्दा बढी ६८ रन जोडे। १८औं ओभरमा सोमपाल कामीबाट बोल्ड हुनुअघि उनले ५१ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
अर्का ओपनर तथा कप्तान मोनाक पटेल २ रनमा एलबिडब्लूको धरापमा परे। उनलाई पनि सोमपालले दोस्रो ओभरमा सिकार बनाएका थिए।
अघिल्लो खेलमा अर्धशकत प्रहार गरेका आन्द्रेस गस २ रनमा आउट हुँदा आरोन जोन्सले १३ रन मात्र जोड्न सके।
मिलिन्ड कुमारले नटआउट ४३ रन जोडे। उनले ३५ बलमा ४ चौका प्रहार गरे। हर्मित सिंहले ३ बलमा नटआउट १० रन बनाए।
बलिङमा नेपालका सोमपालले ३ विकेट लिए भने रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट हात पारे।
यसअघिका दुई वटै खेल जित्दै नेपालले सिरिज जितिसकेको छ। यो खेल जिते नेपालले सिरिज क्लिनस्विप गर्नेछ। यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच आइसिसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक सिरिज हुनेछ।