आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत वार्म अप खेलमा भारतले बंगलादेशलाई ६० रनले पराजित गरेको छ।
न्युयोर्कमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा १८२ रन जोड्यो।
उसका लागि रिशव पन्तले ५३ रन जोडे। उनले ३२ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। त्यसअघि सन्जु समासन १ रन र कप्तान रोहित शर्मा २३ रनमा आउट भए।
सूर्यकुमार यादवले १८ बलमा ३१ रन जोड्दा शिवम् दुवेले १४ रन र हार्दिक पाण्ड्याले २३ बलमा नटआउट ४० रन बनाए।
१८३ रनको लक्ष्य पछ्याएको बंगलादेशले ९ विकेटको क्षतिमा १२२ रन मात्र जोड्न सक्यो। उसका लागि मोहमुदुल्लाहले रिटायर्ड हर्ट हुनुअघि २८ बलमा ४० रन बनाए।
अरु ब्याटरले उल्लेख रन जोड्न नसक्दा बलिङमा भारतका अर्शदिप सिंह र शिवम् दुवेले २-२ विकेट लिए।
विश्वकपमा बंगलादेश नेपाल रहेको समूह ‘डी’ मा छ। यो समूहमा नेपाल र बंगलादेशसँगै दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्ड्स छन्।
भारत भने समूह ‘ए’ मा छ। समूहमा भारतसँगै पाकिस्तान, क्यानडा, अमेरिका र आयरल्यान्ड छन्।