नेपालले वेस्ट इण्डिज ए लाई शनिबार ६ विकेटले पराजित गरेको छ।
टी-२० विश्वकपको तयारीस्वरूप त्रिवि मैदानमा पाँच खेलको सिरिजको अन्तिम खेलमा नेपालले सानदार जित हात पारेको हो।
अन्तिम खेल जितेपनि नेपाल सिरिजमा २-३ले पराजित हुन पुग्यो।
आजको खेल विभिन्न कोणबाट उत्कृष्ठ मानिएको छ। अघिल्ला खेलहरूमा २ सय भन्दा माथिका लक्ष्य पाएको नेपालले आजको खेलमा १७३ रनको लक्ष्य पाएको थियो।
त्यसमा सोमपाल कामी र सागर ढकालको महत्वपूर्ण भूमिका रह्यो। सोमपाल र सागरले ३/३ विकेट लिए।
आजको खेलमा ब्याटिङ पनि राम्रै रह्यो। अघिल्लो तीन खेलमा कप्तान रोहित पौडेलबाहेक अन्य खेलाडीको फितलो प्रदर्शन रहेकोमा आज आशिफ शेख र अनिल साहले अर्धशतक हाने। कुशल मल्लले एकै ओभरमा २२ रन हाने।
नेपालले वेस्ट इण्डिजमै आगामी जुनदेखि आइसिसी टी-२० विश्वकप खेल्दैछ।
विश्वकप खेल्नुअघि आजको जितलाई महत्वपूर्ण पनि मानिएको छ। आज खेलेकै खेलाडीहरू सम्मिलित १५ सदस्यीय टोली घोषणा भइसकेको छ।
टी-२० विश्वकप २०२४ मा नेपाल समूह 'डी' मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ।
बाँकी खेल जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।
विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर-८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ।
तस्बिरहरूः