आइपिएल २०२३ मा दिल्ली क्यापिटल्स लगातर पाँच खेलमा पराजित भएको छ।
शनिबार भएको खेलमा दिल्लीलाई रोयल च्यालेन्जर्स बेंग्लोरले २३ रनले पराजित गर्यो। बेंग्लोरको भने यो दोस्रो जित हो।
बेंगलुरुमा भएको खेलमा पहिले ब्याटिङ गरेको बेंग्लोरले ६ विकेटको क्षतिमा १७४ रन जोड्यो। उसका लागि विराट कोहलीले ५० रन जोडे। बलिङमा दिल्लीका कुलदिप यादव र माइकल मार्सले २-२ विकेट लिए।
१७५ रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेटको क्षतिमा १५१ रन मात्र जोड्न सक्यो।
उसका लागि मनिष पाण्डेले ५० रन जोडे। दिल्लीले तेस्रो ओभर चल्दै गर्दा सुरावती तीन विकेट गुमाएपछि दबाबमा परेको थियो।
बलिङमा बेंग्लोरका विजयकुमारले तीन विकेट लिदा मोहमद सिराजले २ विकेट हात पारे।