ओपनर शुभमन गिलको उत्कृष्ट ब्याटिङमा गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराती चन्डीगढस्थित आइएस बिन्द्र स्टेडियममा पञ्जाबले दिएको १५४ रनको लक्ष्य गुजरातले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्याे।
गुजरातका लागि ओपनर शुभमन गिलले सर्वाधिक ७६ रन बनाए। ४९ बल खेलेका गिलले ७ चौका र १ छक्का प्रहार गरे।
अर्का ओपनर ऋद्मन शाहले १९ बलमा ५ चौका प्रहार गर्दै ३० रन बनाए। त्यस्तै साई सुदर्शनले १९ र डेभिड मिलरले १७ रनको योगदान गरे।
कप्तान हार्दिक पाण्ड्या ८ रनमै आउट भए।
बलिङतर्फ पञ्जाबका अर्शदिप सिंह, कगिसो रबाडा, हरप्रित ब्रार र साम कुरानले एक–एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो।
पञ्जाबका लागि म्याथ्यु सर्टले सबैभन्दा बढी ३६ रन बनाए। उनले २४ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
जितेश शर्माले २३ बलमा ५ चौका प्रहार गर्दै २५ रन बनाए। साम कुरान र मसुद शाहरूख खानले समान २२–२२ रन बनाउँदा भानुका राजापाक्षले २० रनको योगदान गरे।
बलिङतर्फ गुजरातका मोहित शर्माले दुई विकेट लिए। मोहम्मद शामी, जोश लिटल, अल्जारी जोशेफ र रसिद खानले एक–एक विकेट लिए।
जितसँगै गुजरात अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको पञ्जाब छैठौं स्थानमा पुगेको छ।