आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेल्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
खेल हेर्न हजारौं दर्शकहरू यतिबेला कीर्तिपुर पुगेका छन्। टिकट काटेर बसेकाहरू बिहान ७ बजेदेखिनै मैदानमा पुगेका थिए भने अहिले पनि दर्शकहरू मैदान जाने क्रम अझै जारी छ।
दर्शकहरू बार नाघेर, ढोला फोडेर मैदान छिरेपछि प्रहरीलाई रोक्न हम्मे हम्मे परेको छ।
हेर्नुहोस् तस्बिरहरू