फरक क्षमता भएका व्यक्तिहरूको टाटा स्टिल कप ट्रयाङ्गुलर क्रिकेट सिरिजमा सहभागी हुन नेपाली टोली आइतबार भारतको कोलकाता जाने भएको छ।
एक कार्यक्रमबीच शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले खेलाडीहरूलाई विदाई गरेका थिए।
भारत जाने खेलाडीहरूमा रामप्रसाद खरेल(कप्तान), हेम गुरूङ(उपकप्तान), प्रदीप रिजाल, ललनकुमार चौरसिया, लक्ष्मीप्रसाद अधिकारी, सोम सुनुवार, डम्बरबहादुर मगर, रामबहादुर कुँवर, राम मगर, इन्द्रसिंह डिसी, सुमन बराल, रमेश राउत, रूपेश वाइवा र मनोज थापा छन्।
प्रशिक्षकमा प्रकाश विष्ट, व्यवस्थापकमा ह्विलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम शेर्पा, फिजियोमा अञ्जना मास्के तथा अम्पायरमा रविन्द्र गुप्ता छन्।