टिम चौराहा धनगढीका ललित भण्डारीले सुनको जुत्ता पाएका छन्। दोस्रो धनगढी प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका उनले मोष्ट भ्यालुएबल प्लेयर हुँदै सुनको जुत्ता जितेका हुन्।
शुक्रबार भएको फाइनलमा काठमाडौंलाई हराउँदै उपाधि जितेको धनगढीका लागि उनले ३ विकेट लिएभने प्रतियोगितामै सर्वाधिक विकेटसमेत लिए। उनले ७ खेलबाट १४ विकेट लिएका थिए।
यस्तै प्रतियोगिताको म्यान अफ द सिरिज टिम चौराहा धनगढीका लागि युएईका कप्तान रोहन मुस्ताफा भए।
उनले ६ खेलबाट ९ विकेट लिनुका साथै १९८ रनसमेत बनाए। उनले प्रतियोगिताभर ११ वटा छक्का प्रहार गरेका थिए।
विजेता हुने धनगढीले उपाधिसहित २५ लाख नगद पुरस्कार समेत हात पारेको छ। उपविजेता काठमाडौंले १० लाख तथा तेस्रो हुने महेन्द्रनगर युनाइटेडले ३ लाख र चौथो भएको सिवाइसि अत्तरियाले २ लाख नगद पाएको छ।