anduज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौं गोल्डेन्स धनगढीमा जारी धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ।
बिहिबार दोस्रो क्वालिफायर्समा महेन्द्रनगर युनाईटेडलाई ५ विकेटले हराउँदै काठमाडौं गोल्डेन्स उपाधि नजिक पुगेको हो।
महेन्द्रनगरले दिएको १ सय ४३ रनको लक्ष्य काठमाडौंले ५ विकेट गुमाएर १८.२ ओभरमा पुरा गर्यो। उसका लागि
ओपनर सुभोत भातीले विस्फोटक ब्याटिङ गर्दै अर्धसतकीय पारी खेले। १८ बल खेलेका उनले ५ छक्का र ४ चौका प्रहार गरेका थिए।
यस्तै अमित श्रेष्ठले २६ कथा कप्तान ज्ञानेन्द्र मल्लले २५ रन जोडे। भूपेन्द्र थापाले १५ रन बनाउँदा पुष्प थापाले ९ रन जोडे।
नरेश बुढाऐर ७ र सन्नी पटेल ५ रनमा अभिजित रहे।
महेन्द्रनगरका लागि पुनित मेहराले २ तथा भुवन कार्की, पुनिल विष्ट र रोविन क्षेत्रीले १-१ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो।
खराब सुरूवात गरेको महेन्द्रनगरका लागि पुनित मेहराले ५८ तथा आरिफ शेखले ४३ रनको योगदान दिए।
करन केसीले २१ रन बनाउनुबाहेक अन्यले दोहोरो रनको स्कोर छुन सकेनन्।
उसका लागि ६ जना खेलाडी शून्यमा आउट भए।
बलिङ तर्फ काठमाडौका सन्नी पटेलले सर्वाधिक ६ विकेट लिए। चार ओभरमा १० रन खर्चदै उनले ६ विकेट लिए। यस्तै यस्तै सुबोध भाती र पुष्प थापाले समान १-१ विकेट लिए।
यो जितसँगै काठमाडौंले भोलि हुने फाइनलमा घरेलु टोली टिम चौराहा धनगढीको सामना गर्नेछ। धनगढी यसअघि नै काठमाडौंलाई हराएर फाइनलमा पुगेको हो।