नेपालले नेदरल्याण्ड र एमसीसी क्लबसँग लर्ड्स क्रिकेट मैदानमा एक दिवसीय टी- ट्वान्टी त्रिसिरिज खेल्ने भएको छ।
सोमबार एससिसीले दुई एसोसिएट राष्ट्रसँग टी-ट्वान्टी त्रिसिरिज खेल्ने घोषणा गरेको हो।
नेपाल र नेदरल्याण्डले आगामी जुलाई २९ मा एमसीसिसाग खेल्ने भएका हुन्। पहिलो खेल आइतबार १० बजे र फाइनल साढे ४ बजे हुने एमसिसीले जनाएको छ।
नेपाल र नेदरल्याण्ड दुबैलाई आइसीसीले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता दिएको छ। नेपालले हालै जिम्बाम्मेमा सम्पन्न आइसिसी एक दिवसीय छनोटबाट ओडिआई मान्यता पाएको हो भने नेदरल्याण्डले गत वर्ष विश्व क्रिकेट लिगको उपाधि जितेको भएर एक दिवसीय मान्यता पाएको हो।
नेपाली कप्तान पारस खड्काले होम अफ क्रिकेट भनेर चिनिने लर्डसमा पुन: खेल्न पाउनु अाफ्नो सौभाग्य रहेको बताएका छन्। लर्डसमा खेल्नु अाफैमा महत्वपूर्ण भएको र अाफूहरु पनि यस्तै मौकाको खोजीमा रहेको पारसले बताएका छन्।
'एसोसियट क्रिकेटलार्इ माथि उठाउन एमसीसीले खेलेको भूमिका प्रति धन्यवाद दिन चाहान्छु,' पारसले भने, 'भविष्यमा पनि नेपाल र एमसीसी क्रिकेट सुमधुर सम्बन्ध कायम भर्इ थप प्रतियोगिता हुनेमा म अाशावादी छु।'
पारसले इग्ल्याण्डमा बस्ने सम्पूर्ण नेपालीहरुलार्इ उक्त खेलमा अार्इ नेपाली नेपाली टोलीलार्इ समर्थन गरिदिन समेत अनुरोध गरेका छन्।
नेपालले यसअघि नेपाल-वेलायत सम्बन्धको २००औं वर्ष पूरा भएको अवसरमा सन् २०१६ मा लड्समा एमसिसीसँग प्रतिश्पर्धा गरेको थियो। खेलमा करिब ५००० नेपाली दर्शक उपस्थित भएका थिए।