जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज हुने नेपाल र हङकङबीचको खेलमा टस हारेर नेपालले बलिङ गर्ने भएको छ।
सुपर सिक्समा पुग्नको लागि नेपालले हङकङलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने हुन्छ।
यो खेलमा पनि हारेमा नेपालको विश्वकप सम्भावनामा मात्रै नभएर एक दिवसीय मान्यता पाउने सपना पनि अधुरै रहने छ ।
नेपाल र हङकङबीच अहिलेसम्म ११ खेल भएका छन् । जसमा नेपाल ६ खेलमा विजयी भएको छ भने हङकङ पाँच खेलमा विजयी भएको छ।
यसअघि जिम्बावे, स्कटल्याण्ड र अफ्गानस्तानसँग हारेको नेपालले आज अन्तिम खेल हङकङसँग सामना गर्दैछ।