एक दिवसीय आइसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालविरूद्ध जिम्बावेले तीन सय एकासी रनको लक्ष्य दिएको छ।
५० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै जिम्बावेले तीन सय असी रन बनाएको छ। जिम्बाबेका लागि सिकन्दर राजाले सर्वाधिक १२३ रन बनाएका छन्। यस्तै ब्रेडेन टायरले १०० रन बनाएका छन्। अन्य खेलाडीमा सोलोमन मिरेले अर्धशतक बनाउँदै ५२ रन बनाए भने सेफास झुवाओले ४१ रन बनाए।
सुरूवातमा विस्फोटक ब्याटिङ गरेको जिम्बाबेले त्यसपछि मध्यम गतिमा उत्कृष्ट लय कायम राखेको थियो। नेपालका लागि वसन्त रेग्मी र सोमपाल कामीले दुई तथा सन्दीप लामिछाने र ललित राजवंशीले एक–एक विकेट लिएका छन्।