आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्न जिम्बावे पुगेको नेपालले युएईसँग खेल्ने अभ्यास खेल मैदानले प्रभावित भएको छ।
नेपाली समयअनुसार दिउँसो सवा १ बजे जिम्बावेको क्वेक्वेमा सुरू हुने खेल मैदान चिसो भएकाले अझै टस हुन सकेको छैन।
गएराति परेको पानीले मैदान भिजेको थियो।
नेपाल र युएईबीच दुई साता भित्र तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि नामिबियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपाल र युएईबीच २ पटक प्रतिस्पर्धा भएको थियो। लिग चरणमा नेपालले युएईलाई हराएको थियो। तर फाइनलमा नेपाललाई युएईले ७ रनको जित हात पारेको थियो।
यस्तो छ नेपाली टिम
पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी
वैकल्पिक खेलाडी– सुनिल धमला, विनोद भण्डारी, सिद्धान्त लोहनी र किशोर महतो।