नामिबियामा जारी डिभिजन टुको समूह चरणको अन्तिम खेलमा क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य पछ्याएको नेपालल १५० रन पुरा गरेको छ।
नेपालका लागि ओपनर दिलिप नाथले ४१ रन बनाए भने। रोहित पौडेलले २७ रन बनाए। दिपेन्द्रसिंह ऐरीले १८, उपकप्तान ज्ञानेन्द्र मल्लले ९ रन बनाए।
आरिफ शेख २६ रन बनाएर आउट भए।
सातौ विकेटका रूपमा सोमपाल कामीलाई नेपालले गुमाएको हो। कामीले १२ बल खेल्दै ७ रन बनाएर आउट भए।
छैटौँ विकेटका रुपमा नेपालले रोहित पौडेललाई गुमाएको छ । ४२ बलमा २ चौकासहित २७ रन बनाएका रोहितलाई ढिन्ड्साको बलमा धालिवालले क्याचआउट गरे ।
दिपेन्द्रसिंह ऐरी नेपालको पाँचौ विकेटका रुपमा ३८ बलमा एक चौकासहित १८ रन बनाएर आउट भएका छन् । उनलाई साद बिन जाफरले आउट गरे ।
चौथो विकेटको रुपमा दिलिप नाथको ठाउँमा ब्याटिङ गर्न आएका शरद भेषावकर ५ बलमा एक रन मात्रै बनाएर आउट भएका छन् । उनी साद बिन जाफरको बलमा एन आर किर्तनको हातबाट क्याचआउट भए ।
सुरुमै कप्तान र उपकप्तानलाई गुमाएपछि धरमराएको नेपाली ब्याटिङलाई केही सम्हालेका थिए । उनले ६८ बलमा पाँच चौकासहित ४१ रन बनाए। उनी सेसिल परबेजको बलमा हम्जा तारिकको हातबाट क्याचआउट भए । परबेजले नै नेपालका कप्तान र उपकप्तानलाई आउट गरेका थिए ।
छैटौं ओभरको पाँचौ र अन्तिम बलमा नेपालले दुई ठूला विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई गुमाएको छ । पारस र ज्ञानेन्द्र दुवैलाई क्यानडाका बलर परबेजले आउट गरेका हुन् । ज्ञानेन्द्र २५ बलमा एक छक्कासहित ९ रन बनाएर आउट भए ।