आइसिसीले आगामी तीन विश्व टेस्ट च्याम्पियनसिपको फाइनल आयोजना गर्ने अधिकार इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डलाई दिएको छ।
आइसिसीको वार्षिक साधारण सभाले इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड लाई आगामी तीन विश्व टेस्ट च्याम्पियनसिप फाइनल आयोजना गर्ने अधिकार प्रदान गरेको गर्ने निर्णय गरेको हो।
इंग्ल्यान्डले यसअघि सन् २०२१, २०२३ र हालै सम्पन्न २०२५ को फाइनल सफलतापूर्वक आयोजना गरिसकेको छ। यही सफल आयोजनाको कदर गर्दै उसलाई थप तीन संस्करणको जिम्मेवारी दिइएको हो।
विश्व टेस्ट च्याम्पियनसिपका पहिलो तीन संस्करण पनि इंग्ल्यान्डकै विभिन्न मैदानहरूमा भएका थिए। गत महिना लर्ड्समा भएको २०२५ को फाइनलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई पाँच विकेटले हराउँदै उपाधि जितेको थियो।
सिंगापुरमा वार्षिक साधारण सभाले इंग्ल्यान्डको सफल आयोजना क्षमताको प्रशंसा गर्दै सन् २०२७, २०२९ र २०३१ को फाइनल पनि त्यहीँ गराउने निर्णय गरेको हो।
यसका साथै, आईसीसीले आफ्नो वार्षिक सम्मेलनपछि अन्य महत्त्वपूर्ण निर्णयहरू पनि सार्वजनिक गरेको छ।