भारतीय क्रिकेट कप्तान विराट कोहली अाइसीसी वर्ष खेलाडी घोषित भएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले क्रिकेटका सबै स्वरुपमा उत्कृष्ट प्रदर्शन गरेका कोहलीलाई आइसिसी क्रिकेटर अफ दी इयर र आइसिसी ओडिआई क्रिकेटर अफ दी इयर घोषणा गर्दै सर गार्फिल्ड सोबर्स ट्रफी प्रदान गर्ने निर्णय गरेको हो।
सन् २०१६ को सेप्टेम्बर २१ देखि सन् २०१७ को अन्तिमसम्म टेस्ट क्रिकेटमा कोहलीले प्रति खेल ७७ दशमलव ८० को औषतमा ८ शतकसहित २ हजार २ सय ३ रन बनाएका छन्। त्यसैगरी ८२ दशमलव २३ को औषतमा ७ शतकसहित यो अवधिमा उनले एकदिवसीय क्रिकेटमा १ हजार ८ सय १८ रन बनाएका छन्। ट्वान्टी–ट्वान्टी क्रिकेटमा १ सय ५३ स्ट्राइक रेटमा २ सय ९९ रन बनाएका छन्।
यस्तै आइसिसीले अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथलाई वल्र्ड प्रिमियर टेस्ट प्लेयर र टेस्ट क्रिकेट अफ दी इयर घोषित गरेको छ। एसेस शृङ्खलामा गरेको प्रदर्शन समेतलाई आधार मानेर उनलाई वर्ल्ड प्रिमियर टेष्ट प्लेयरको उपाधि दिइएको आइसिसीले जनाएको छ। एसेसमा उनले ६ सय ७८ रन बनाएका थिए। स्मिथले सन २०१५ मा पनि टेस्ट क्रिकेट अफ दी इयरको उपाधि पाएका थिए ।
यसैगरी अफगानस्तानका रासिद खान एशोसिएट्स क्रिकेटर अफ दी इयर बनेका छन्। १९ वर्षका रसिदलाई उनको उत्कृष्ट बलिङ्ग प्रदर्शनका कारण यो उपाधि दिइएको आइसिसीले जनाएको छ। रासिदले सन् २०१७ मा ६० विकेट लिएका छन्।
[caption id="attachment_124927" align="alignnone" width="520"]
फाेटाे: दी टेलीग्राफ[/caption]