अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को नयाँ टी–२० वरीयतामा न्यूजिल्यान्ड पहिलो स्थानमा उक्लिएको छ। हालै वेस्ट इन्डिज विरुद्धको तीन खेलको टी–२० सिरिज २–० ले जितेसँगै न्यूजिल्यान्ड वरीयताको शीर्ष स्थानमा उक्लिएको हो।
वेस्ट इन्डिजलाई हराएसँगै तेस्रो स्थानमा रहेको न्यूजिल्यान्डले पाकिस्तान र भारतलाई पछि पारेर शीर्ष स्थान कब्जा जमाएको हो। शीर्ष स्थानको न्यूजिल्यान्ड र दोस्रो स्थानको पाकिस्तानबीच आगामी २२, २५ र २८ जनवरीमा टी–२० खेल हुँदैछ। यो सिरिजपछि न्यूजिल्यान्ड र पाकिस्तानमध्ये काे पहिलो स्थानमा अाउने भन्ने टुंगो लाग्नेछ।
अन्तर्राष्ट्रिय टी–२० वरीयताक्रम र अंक
१. न्यूजिल्यान्ड – १२६ अंक
२. पाकिस्तान – १२४ अंक
३. भारत – १२१ अंक
४. इंग्ल्यान्ड – ११९ अंक
५. वेस्ट इन्डिज – ११५ अंक
६. दक्षिण अफ्रिका – १२२ अंक
७. अस्ट्रेलिया – १११ अंक
८. श्रीलंका – ८८ अंक
९. अफगानिस्तान – ८६ अंक
१०. बंगलादेश – ७६ अंक
११. स्कटल्यान्ड – ६७ अंक
१२. जिम्बावे – ६५ अंक
१३. युएई – ५२ अंक
१४. नेदरल्यान्ड्स – ४९ अंक
१५. हङकङ– ४६ अंक