न्युजिल्यान्डका क्रिकेटर कोलीन मुनरोले टि–ट्वान्टी क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका छन्। घरेलु मैदानमा वेष्ट इन्डिजविरुद्ध जारी तेस्रो टि–ट्वान्टी क्रिकेटमा अाज शतक बनाउँदै मुनरोले टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार तीन शतक बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन्।
वेष्ट इन्डिज विरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डका लागि मुनरोले १०४ रन बनाए। उनको शतकसँगै न्युजिल्यान्डले वेष्ट इन्डिजलाई २४४ रनको लक्ष्य दिएको थियाे। उनले ५३ बलमा ३ चौका र १० छक्का प्रहार गर्दै शतक बनाए।
योसँगै मुनरो टि–ट्वान्टीमा लगातार तीन राष्ट्र विरुद्ध शतक बनाउने पहिलो खेलाडी बनेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) उल्लेख गरेकाे छ। मुनरोले यसअघि बंगलादेश र भारतविरुद्धको टि–ट्वान्टीमा शतक बनाएका थिए।
वेष्ट इन्डिजसँगको पहिलो खेल न्युजिल्यान्डले जितेको थियो भने दोस्रो खेल नतिजाविहीन बनेको थियो।