भारतले श्रीलंका विरुद्धको टी–२० सिरिजमा तीनवटै खेल जितेकाे छ।यसअघि लगातार दुई खेल जितेर सिरिज कब्जा गरिसकेको भारतले तेस्रो खेलमा पनि श्रीलंकालाई ५ विकेटले पराजित गर्न सफल रह्याे।
याे जितसँगै भारतले सन् २०१७ भरीमा सबैभन्दा बढी खेल जित्ने रेकर्ड समेत बनाएको छ। भारतले सन् २०१७ मा ३७ खेल जितेकाे छ। यद्यपि एकै वर्षमा सर्वाधिक बढी खेल जित्ने रेकर्ड भने अस्ट्रेलियाको नाममा छ। अस्ट्रेलियाले सन् २००३ मा ३८ वटा खेल जितेर याे रेकर्ड बनाएको थियो।
आइतबार मुम्बइमा भएको तेस्राे खेलमा श्रीलंकाले दिएको १ सय ३६ रनको लक्ष्य भारतले ४ बल बाँकी छँदा ५ विकेट गुमाएर पार गरेको थियो। भारतका लागि ओपनर, कप्तान रोहित शर्माले २७ रन जोडे। श्रेयास इयरले ३० र मनिष पान्डेले ३२ रनको योगदान गरे। त्यस्तै दिनेश कार्तिकले नटआउट १८ तथा महेन्द्रसिंह धोनीले नटआउट १६ जोडे। बलिङतर्फ दसमान्था चामेरा र दसुन शनाकाले समान २/२ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३५ रन जोड्यो। बलिङतर्फ भारतका हार्दिक पान्ड्या र जयदेव उनाकदले समान २/२ विकेट लिए। जयदेवले म्यान अफ दि म्याच र प्लेयर अफ दि सिरिजकाे सम्मान पनि पाए।