पाकिस्तानमा हालै भएको एक च्यारिटी खेलमा छक्का र चौकाको वर्षात भएको छ। पूर्वपाकिस्तानी क्रिकेटर शाहिद अफरीदी फाउण्डेशनले आयोजना गरेको च्यारिटी १०-१० ओभरको च्यारिटी म्याचमा छक्का र चौकाको वर्षा भएको हो।
प्रतियोगितामा पाकिस्तानी टीमका स्टार क्रिकेटर बाबर आज़म र शोएब मलिकले आफ्नो ब्याटको जादू देखाए।
यति मात्र कहाँ होर यी दुबै खेलाडीले एक अर्काविरूद्ध खेल्दै रनको वर्षासमेत गराए।
शोएब मलिक (SAF) रातो टिमबाट खेलेका थिए। स्कोरबोर्डमा टीमको स्कोर ६ ओभरमा १०४ रन थियो। त्यसपछि ब्याटिङ गर्न शोएब मलिक आए। बलिङमा बाबर आजम थिए। उनले बाबरको ओभरका सबै बलमा छक्का प्रहार गर्दै एकै ओभरमा ३६ रन बनाए।
https://youtu.be/rqAK3RGj5V4
मलिकको रन वर्षाले उनको टिमले १० ओभरमा २०२ रन बनायो।
यद्यपी आइसिसिको आधिकारिक प्रतियोगितामा भारतका युवराज सिंहले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।
२०३ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको SAF निलोका लागि बाबर अजामले २६ रलमै १०० रन पुरा गरेका थिए।
https://youtu.be/ihZ_0xWL6RU
ओपनिङमा ब्याटिङ गर्न आएका बाबरले २६ बलमा १०० रन बनाउने क्रममा ११ छक्का प्रहार गरेका थिए। योसँगै निलोले रातोलाई ९ विकेटले हराएको थियो।
हालै मात्र श्रीलंकाविरूद्ध भारतीय ओपनर रोहित शर्माले ३५ बलमा १०० रन पुरा गर्दै रेकर्ड बराबरी गरेका थिए।