शिखर धवनले नटआउट शतकीय पारी खेलेपछि भारतले तेस्रो तथा निर्णायक एकदिवसीय शृंखलामा श्रीलंकालाई ८ विकेटले हराउँदै सिरिज जितेको छ। विशाखपट्नमस्थित राजेशखारा रेड्डी क्रिकेट मैदानमा धवनले अविजित १ सय रन बनाएपछि श्रीलंकाले दिएको २१६ रनको लक्ष्य भारतले ३२ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो। ८५ बल खेलेका धवनले १३ चौका र २ छक्का प्रहार गरे।
त्यस्तै भारतका श्रीयास आयरले ६५ रन जोड्दा दिनेश कार्तिक २६ रनमा अविजित रहे। ओपनर रोहित शर्मा ७ रनमा आउट भए। श्रीलंकाका लागि अकिला दनान्जय र थिसरा परेराले समान एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका ४४ ओभर ५ बलमा अलआउट हुँदै २१५ रनमा समेटिएको थियो। श्रीलंकाका लागि उपुल थरंगाले ९५ रन जोडे। सदीरा सामराविक्रामाले ४२ रन जोडे। बाकीले राम्रो प्रदर्शन गर्न सकेनन्।
भारतका युजभेन्द्र चाहल र कुलदिप यादवले समान ३ – ३ विकेट लिदा हार्दिक पाण्डयले २ विकेट लिए। सिरिजको पहिलो खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भारतले श्रीलंकालाई १४१ रनले पराजित गरेको थियो। यो जितसँगै भारतले तीन खेलको सिरिज २ – १ ले जितेको छ।
अब दूई टोलीबीच तीन खेलको टी – ट्वान्टी सिरिज हुनेछ।