श्रीलंकाविरूद्धको तेस्रो वान डेमा भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीले आइतबार फूर्तिलो प्रदर्शन गरेका छन्।
खेलको २७औं ओभरको पहिलो बलमा उपुल थरंगालाई स्टम्प आउट बनाउने क्रममा उनलै सबैलाई चकित बनाए।
विकेटको पछाडि धोनी यति तिब्र प्रस्तुत भएका थिए कि थरङ्गालाई सोच्नेको कुनै मौकै मिलेन। यसपटक धोनीको स्टम्प आउट गरेको देखेर उनको तुलना बाजको आँखासँग गर्न थालिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
थङ्गा ९५ रन बनाएर आउट भए। वानडे करियरमा यस्तो पहिलो पटक भएको थियो जसमा थरङ्गा ९० रन बनाएर स्टम्प आउट भए। यसको साथै थरङ्गाले यो वर्ष १००० रन पुरा गरेक छन्।
विशाखापट्टनमा भइरहेको अन्तिम तथा निर्णायक प्रतियोगितामा भारतले श्रीलंकासँग २१६ रनको लक्ष्य पाएको छ। यसअघि धर्मशालामा भएको पहिलो खेल श्रीलंकाले जितेको थियो भने दोस्रो खेल मुहालीमा जित्दै भारले श्रृखला बराबरीमा ल्याएको थियो।
श्रीलंकालाई आज सस्तैमा रोक्ने क्रममा कुलदीप यादव र यजुबेन्द्र चहलले ३-३ विकेट लिए। हार्दिक पाण्ड्याले २ विकेट लिएका थिए। श्रीलंकाका लागि सादेरा सामार्विकर्माले४२ रन बनाउनुबाहेक अन्यले खुलेर खेल्न सकेनन्।
https://twitter.com/twitter/statuses/942336076160540672