कप्तान विराट कोहली र रोहित शर्माको सतकीय पारीको सहयोगमा भारतले तेस्रो तथा निर्णायक एकदिवसीयमा न्युजिल्यान्डलाई ३ सय ३८ रनको लक्ष्य दिएको छ।
कानपुरमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको भारतले कोहलीको १ सय १३ र रोहितको १ सय ४७ रनको सहयोगले ६ विकेट गुमाउँदै ३ सय ३७ रन बनाएको हो।
कोहली र शर्माले दोस्रो विकेटका लागि २ सय ३० रनको साझेदारी गरेका थिए। एक दिवसीमा ३२औं सतक पुरा गर्ने क्रममा कोहलीले १०६ बलको सामना गर्दै ९ चौका र एक छक्का प्रहार गरे।
रोहितको पनि एकदिवसीयमा १५ औं सतक बनाउने क्रममा १ सय ३८ बल खेलेर २ छक्का र १८ चौका प्रहार गरे।
यस्तै भारतका लागि महेन्द्रसिंह धोनीले २५ रन बनाए। केदार जाधवले १८ र शिखर धवनले १४ रन बनाएका थिए।
पाहुना टोली न्यूजिल्याण्डका लागि टिम साउथी, सान्टनेर र मिल्नेले २–२ विकेट लिएका थिए।