पाकिस्तानले श्रीलंकासँगको तीन टी- ट्वान्टी प्रतियोगिता मध्ये दोस्रो खेलमा पनि जीत हात पारेको छ।
युएईमा पहिले ब्याटिङ गरेर श्रीलंकाले दिएको १ सय २५ रनको लक्ष्य पाकिस्तानले खेल सकिन एक बल बाँकी हुँदा ८ विकेट गुमाएर भेट्टायो।
पाकिस्तानलाई जिताउन शर्फराज अहमदले २८ र अहमद शहजादले २७ रन बनाएका थिए।
यसअघि ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो। धनुष्का गुणतिलकाले ५१ र सादिरा सामबिक्रमाले ३२ रन बनाएका थिए। श्रीलंका ८ खेलाडीले दोस्रो खेलमा पनि दोहोरो अंकमा रन जोड्न सकेनन्।
सिरिज जितिसकेको पाकिस्तानले अब श्रीलंकासँग एउटा टी-ट्वान्टी क्रिकेट खेल्न बाँकी छ।
यसअघिको टी–ट्वान्टी र पाँच एकदिवसीय क्रिकेटका खेल सबै पाकिस्तानले जितेको थियो।