विश्व नम्बर एक इटालियन टेनिस खेलाडी यानिक सिनरले अमेरिकाका टेलर फ्रिट्जलाई पछि पार्दै यूएस ओपनको पुरुष एकलको उपाधि जितेका छन्। यससँगै उनले वर्षको दोस्रो ग्रान्डस्लाम उपाधि जित्न सफल भए।
गत जनवरीमा अष्ट्रेलियन ओपनमा आफ्नो पहिलो प्रमुख उपाधि जितेका सिनरले आइतबार अमेरिकी १२औं वरियताका फ्रिट्जलाई ६-३, ६-४, ७-५ ले पराजित गरेर उपाधि जितेका हुन्।
मार्चमा प्रतिबन्धित पदार्थको लागि दुई पटक सकारात्मक परीक्षण भए पनि उनले सफाइ पाएका थिए। कुनै गतल काम नगरेको खुलासा भएको १९ दिनपछि उनले युएस ओपन जितेका हुन्।
उपाधि जितेपछि २३ वर्षीय सिनरले आफ्नो हात माथि समातेर आकाशतिर हेरेका थिए। उनी १९७७ पछि एकै सिजनमा आफ्नो पहिलो दुई ग्रान्ड स्लाम उपाधि जित्ने पहिलो खेलाडी बने।
उनी युएस ओपनमा एकल उपाधि जित्ने पहिलो इटालियन खेलाडी पनि हुन्।
सिनरले उपाधिपछि 'मेरो करिअरको अन्तिम अवधि सजिलो थिएन' भनेर आँसु झारेका थिए।
यता फ्रिट्ज भने २१ वर्षमा पहिलो अमेरिकी पुरुष ग्रान्ड स्लाम एकल च्याम्पियन बन्नबाट रोकिए।
एन्डी रोडिकले २००३ मा यूएस ओपन जितेपछि अमेरिकाका खेलाडीले प्रमुख उपाधि जितेका छैनन्।