१३ औं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला ह्याण्डबल खेलको सम्पन्न फाइनलमा नेपाल भारतसँग पराजित हुँदै कास्य पदकमा सिमित भएको छ। भारतले स्वर्ण पाएको छ।
नेपालले सागमा उत्कृष्ट पदर्शन गर्दै रजत पदक हात पार्न सफल भएको हो। यस अघि १२ औं सागमा नेपाली महिला ह्याण्डबल टिमले चौथो स्थान हासिल गरेको थियो।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको फाइनलमा आयोजक नेपाललाई ३६–२१ ले हराउँदै भारतले स्वर्ण जितेको हो।
भारतकै गुहावटीमा भएको १२ औं संस्करणको ह्याण्डबलमा समेत भारतले स्वर्ण जितेको थियो। १२ औं संस्करणबाटै महिला ह्याण्डबल खेलले प्रवेश पाएको थियो।
स्वर्ण विजेता भारतका लागि मोनिकाले सर्वाधिक १३ गोलको योगदान गरिन्। सोनिकाले टोलीका लागि ११ गोल गरिन्। निधि शर्माले टोलिका लागि ८ गोल थपिन् । कीपर निना शिल, दीपशिखा र प्रियङ्का ठाकुरले समान १/१ गोल जोडे।
यता, घरेलु दर्शकको समर्थन पाएको नेपालको लागि भने बन्दना राईले सर्वाधिक ६ गोलको योगदान दिइन्। कबिता राईले आफ्नो नाममा टोलीका लागि ५ गोल जोडिन्। निषा राई र उमा राईले समान ३/३ गोल थपे। रञ्जना राईले २ गोलको योगदान दिइन् । कबिता राई र र शान्तिकला राईले समान १/१ गोल थपे।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला ह्याण्डबलमा बंगलादेशले कास्य पदक जितेको छ। पोखरा रंगशालास्थित कभर्ड हलमा आइतबार विहान भएको तेस्रो स्थानको खेलमा पाकिस्तामाथि ३१–१५ गोलको नतिजा निकाल्दै बंगलादेशले कास्य पदक जितेको हो।