१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएको आर्चरी खेलमा नेपालले स्वर्ण नजिक पुगेको छ।
१० वटा स्वर्ण पदकको लागि जारी उक्त प्रतिष्पर्धामा नेपालले कम्पाउण्ड (५० मिटर) मिक्स तर्फ फाइनलमा प्रवेस गरेसँगै रजत पदक पक्का गरेको हो ।
त्यसैगरी ५ वटा विभिन्न इभेण्टमा कास्य पदकको लागि नेपालले आइतबार प्रतिस्पर्धा गर्ने भएको छ।
कम्पाउण्ड मिक्स टिममा नेपालले बंगलादेशसँग सामना गर्ने भएको छ।
नेपालले श्रीलंकालाई १ सय ३७ अंकका विरुद्ध १ सय ४३ अंक ल्यायो।
उक्त इभेण्टमा भुटान सहभागी नभए पछि बंगलादेश भने सिधै वाई पाएर फाइनलमा यात्रा बनाएको हो।
नेपाली टिममा इमायुङग राई र शान्तह मल्ल रहेका छन् भने श्रीलंकामा एन्थन पोला सेन्जेवा र थाक्सिला दमाएन्ती रहेका थिए। त्यसै गरी बंगलादेशका सुस्मिता बनिक र एमडी सोहिल राना कम्पाउण्ड मिक्स टिममा रहेकाछन्। उक्त इभेण्टमा भुटान सहभागि नहुदा श्रीलंकाले सहजै कास्य पदक हात पार्न सफल भयो ।
नेपाल रिकर्भ पुरुष तर्फको इभेण्टमा कास्य पदकको लागि भुटानसँग प्रतिष्प्रर्धा गर्ने भएको छ। नेपाली टिममा तिकल पुन मगर, रोसन नगरकोटी र अशिम शेरचन रहेका छन्। उक्त बिधाको स्वर्ण पदकाको लागि बंगलादेश र श्रीलंका बिच खेल हुने भएको छ।
बंगलादेशको टिममा विश्व कै नम्बर १० भित्र पर्ने तथा ओलम्पिकमा छनोट समेत भएका साना एमडी रुमन, इस्लिाम महमत तामीमुल र रुवेल महमत हकिम अहमत सहभागी भएका छन्। श्रीलंकाको टिममा भने दल पटादु रभिन कभिसा, डे शिल्वा महमदाच्चि सजिभ र हेरथ पिया सेनागे सन्दुन कुमारा सहभागि भएका छन्।
रिकर्भ महिला तर्फको टिममा पनि नेपालले कास्य पदकको लागि भुटानबीच खेल हुने भएको छ । नेपालको टिममा ज्ञानु अवाले, मित्र राई र आयुसा तामाङ रहेकाछन भने भुटानको टिममा ओलम्पिकमा छनौट भएकी खेलाडी कर्मा, डेकि सुनाम र डेमा सोनाम रहेका छन्। उक्त बिधाको स्वर्ण पदकको लागि बंगलादेशका खातुन एमएसटी इटिवाई, मोनेरा महनाज अक्तेर र रे व्यूटि रहेकाछन भने श्रीलंकाको टिममा शिल्भा थिसारी मधुसिका, तयावल्लि रिहाना र वाक दुगे मल्सा दिल्हानी रहेका छन्।
रिकर्भ मिक्स टिम तर्फ पनि नेपालले कास्य पदकको लागि प्रतिष्प्रर्धा गर्ने भएको हो । नेपाली टिममा आइषा तामाङ, रोशन नगरकोटी श्रीलंकाको तर्फबाट डे सिल्भा महमदाच्चि सजिव र तयावल्लि रिहाना रहेका छन्। उक्त बिधकाको स्वर्ण पदकको लागि बंगलादेशका खातुन एमएस्टी इटीवाई, साना एमडी रुमन संग भुटानका देमासोनाम र छिरिङ किन्ले बिच फाइनल खेलमा प्रतिष्प्रर्ध हुने भएको छ ।
त्यस्तै कम्माउण्ड पुरुष तर्फको खेलमा नेपालले कास्य पदकको लागि श्रीलंकासँग सामना गर्ने भएको छ । नेपालको टिममा मिन प्रसाद गौचन, सन्त मल्ल र योगेन्द्र शेरचन रहेका छन्। श्रीलंकाको टिममा अथन पोला संजिव वसन्त कुमार, पेरेरा कुरुकुला एराच्चिङगे उदय आइएनडी र विरासिंघे कनिस्कार गाएन रहेका छन्।
उक्त बिधाको स्वर्ण पदकको लागि बंगलादेश र भुटानबीच खेल हुने भएको हो । बंगलादेशको टिममा असिकुज्जमान महमद, दास असिम कुमार र राना एमडी सोहेल रहेका छन्। भुटानको टिममा वाङग्डि फुन्टशो, दोर्जी ताण्डिङ र सेराव कर्मा रहेकाछन्।
त्यसै गरी नेपालले कम्पाउण्ड महिला तर्फ कास्य पदक हात पार्न सफल भएको छ । उक्त इभेन्टमा भुटान सहभागी नभए पछि नेपालले सिधै वाई पाएर कास्य पदक हात पार्न सफल भएको हो।
नेपालको टिममा मोनिका राना मगर, मन्जु बजगाई र इमायुङ राई रहेकाछन्। बिधाको स्वर्ण पदकको लागि बंगलादेश र श्रीलंका भिड्ने भएकाछन्। बंगलादेशको टिममा वानिक सुस्मिता, विश्वास सुमा र रे समोलि रहेकाछन भने श्रीलंकाको टिममा करुनारन्ते अनुराधा, सालिका हर्सानि र थाक्सिला दमयान्थि रहेकाछन्।
नेपाल सहित ४ देशबीच शुक्रबार भएको रिकर्भ (७० मिटर) र कम्पाउण्ड (५० मिटर), एकल तर्फको प्रतिस्प्रर्धामा नेपालले कमजोर प्रर्दशन गरेसंगै दोश्रो दिनको खेलमा पनि खासै सुधार हुन सकेन। आर्चरीका राष्ट्रिय खेलाडी योगेन्द्र शेरचनका अनुसार नेपालको खेमला केही सुधार भए पनि श्रीलंका, बंगलादेश र भुटानले धेरै सुधार गरेको बताए । अन्य देशले विदेशी प्रशिक्षक राखेकाछन भने नेपालको प्रशिक्षक समेत विदेशी नै आवश्यक भएको केही खेलाडीहरुले आवश्यकताको महशुस गरेका छन्।