१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएका व्याडमिण्टन प्रतियोगितामा भारतले ४ स्वर्ण पदक जितेको छ।
पोखरा रंगशालाको व्याडमिन्टन कोर्टमा शुक्रबार सम्पन्न फाइनल खेलमा भारतले पदक तालिकामा चार स्वर्ण पदक थपेको हो।
मिक्स डवल्समा ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीले श्रीलंकाको सचिन प्रेमसन एगोडा मिगानाला र थिलिमी मरमोदीका हेन्देहेभाको जोडीलाई २१–१६, २१–१६ को सेटमा पराजिद गदै स्वर्ण पदक जित्यो।
प्रतियोगिताको महिला एकल तर्फ भारतकी अस्मिता चलिहाले भारतकै गायत्री गोपीचन्दलाई २१–१८, २५–२३ को सोझो सेटमा पाखा लगाउदै स्वर्ण पदक जितिन्।
पुरुष एकल तर्फ सिरिल बर्माले भातरकै आरेमान टण्डनलाई १७–२१, २३–२१ र २१–१३ को सेटमा पराजित गरे। महिला डबल्समा श्रीलंकाकी थिलिनि प्रमोदिका हेन्देहेभा र कविन्डी श्रीमांगेको जोडीले श्रीलंकाकै अचिनि निमेसीका रत्नासिरी कपुरु र उपुली समान्तिकाको जोडीलाई २१–१० र २१–७ को सोझो सेटमा पराजित गर्यो।
पुरुष डबल्सतर्फ भारतका कृष्णप्रसाद गरगा र ध्रुव कपिलाको जोडीले श्रीलंकाका सचिन प्रमेशन र बुवानेका थरिन्डुको जोडीलाई २१–१९, १९–२१ र २१–१८ को सेटमा पराजित गर्यो।
प्रतियोगितामा यसअघि नेपालले ब्याडमिन्टनतर्फ ५ वटा काश्य पदक जितेको छ।