१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बुधबार नेपालले थप ६ स्वर्ण जितेको छ।
नेपालले बुधबार तेक्वान्दो र साइक्लिङबाट २–२ स्वर्ण जित्यो। करातेबाट १ स्वर्ण हात पारेको नेपालले उसुबाट पनि १ पदक भित्र्यायो।
योसँगै पदक तालिकामा नेपालको स्वर्ण संख्या २९ पुगेको छ।
तेक्वान्दोको ८७ केजीमाथि तौल समूहमा फाइटमा सक्षम कार्कीले नेपालका लागि स्वर्ण जिते। फाइनल भिडन्तमा पाकिस्तानका वाकार अली साहलाई पराजित गरे। तस्बिर : नारायण महर्जन/सेतोपाटी
दीपक हमालले उसु थाउलोअन्तर्गत नान छ्वान अलराउन्डमा स्वर्ण जित्ने क्रममा भारतीय खेलाडीलाई पछि पारे। तस्बिर : निशा भण्डारी/सेतोपाटी

साइक्लिङको डाउनहिल तर्फ नेपालले २ स्वर्ण जितेको छ। पहिलोपटक सागमा समावेश गरेको साइक्लिङको डाउनहिलमा पुरुषतरुफ राजेश मगर र महिलातर्फ निस्मा श्रेष्ठले स्वर्ण जितेका हुन्।
करातेको फाइटमा अनुपमा मगरले स्वर्ण जितिन्। बुधबार भएको प्रतिस्पर्धामा उनले ६८ केजीमाथिको तौल समूहमा एसियाली खेलकुदको कास्य विजेता समेत रहेकी पाकिस्तानकी नार्गिसलाई ६-३ अंकले पराजित गर्दै स्वर्ण हात पारेकी हुन्।
संगिता बस्यालले ६२ केजी मुनी तौल समूहमा संगिताले भारतकी गगनजोत जिलललाई १९-८ अंकले पराजित गरेर स्वर्ण जितिन्।