नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ।
पोखरा क्रिकेट मैदानमा पुलिसले प्रदेश एकलाई ११८ रनको फराकिलो अन्तरले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ३ विकेटको क्षतिमा १५८ रन जोड्यो।
पुलिसका लागि कविता कुँवरले ३७ रन र सम्झना खड्काले ६० रन जोडे। खड्काले रनआउट हुनुअघि ४३ बलमा १० चौका प्रहार गरिन्।
बलिङमा प्रदेश एककी निशा शाहले एक विकेट लिइन्।
१५९ रनको लक्ष्य पछ्याएको प्रदेश एकले २० ओभरमा ८ विकेटको क्षतिमा ४० रन मात्र जोड्न सक्यो।
उसका लागि कप्तान सानु राजवंशीले सबैभन्दा बढी ११ रन जोडिन्। बलिङमा पुलिसकी हिरनमायी रोएले तीन विकेट लिइन्।