नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ह्याण्डबल खेल सुरु भएको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु प्रतियोगिताको नेपाल सरकार अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरेका हुन्।
उद्घाटन खेलमा पुरुषतर्फ घरेलु गण्डकीले मधेश प्रदेशमाथि ६६–१३ को फराकिलो अन्तरले हरायो। उक्त खेलमा गण्डकीका चन्द्र केसीले सर्वाधिक १० गोल गरे।
प्रतियोगितामा ७ प्रदेश र २ विभागीय गरी ९ टिमको सहभागिता छ। विभागीय नेपाल पुलिस र एनआरएनएले ह्याण्डबलमा सहभागिता जनाएको छैनन्।
महिला/पुरुष गरी ९ टिमबाट खेलाडी, टिम प्रशिक्षक, टिम व्यवस्थापक र अफिसियल गरी ह्याण्डबलमा करिब ३ सयको सक्रिय सहभागिता छ। असोजको २९ गतेसम्म ह्याण्डबलका खेलहरु हुनेछन्।