नवौँ राष्टिय खेलकुुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ।
पुलिस क्लबले दिएको १ सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा वर्षातले खेल रोकिन पुग्यो। १०.२ ओभरमा खेल जारी रहँदा पानी परेको थियो।
त्यतिबेला कर्णालीले ७ विकेट गुमाउँदा १७ रन मात्र जोडेको थियो।
वर्षातका कारण बाँकि खेल सम्भव नभएपछि डिएल मेथड अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो।
त्यसअघि पुलिसले ६ विकेटको क्षतिमा ११० रन जोड्यो। पुलिसका लागि सम्झना खड्काले २५ रन जोडिन्।
यता प्रदेश एक र लुम्बिनीबीचको खेल वर्षका कारण रद्द भयो।