नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा बागमती प्रदेश र मधेश प्रदेशले विजयी सुरुवात गरेका छन्।
आइतबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा बागमतीले सूदूरपश्चिमलाई ८ विकेटले हरायो।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १८.२ ओभरमा ७१ रनमा अलआउट भयो। उसका लागि अनु कडायतले २२ रन जोडिन् भने बलिङमा बागमतीकी सोनी पाख्रिनले ५ विकेट लिइन्।
७२ रनको लक्ष्य बागमतीले १३.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। उसका लागि कञ्चन श्रेष्ठले २५ रन जोडिन्।
यता पहिलो खेलमा मधेश प्रदेशले गण्डकीलाई ४० रनले हरायो।
पहिले ब्याटिङ गरेको मधेशले ८ विकेटको क्षतिमा ७७ रन जोड्यो। मधेशका लागि सना प्रवीन र अलिसा यादवले १४-१४ रन जोडे। बलिङमा गण्डकीकी आकृती तिवारीले ३ विकेट लिइन्।
७८ रनको लक्ष्य पछ्याएको गण्डकी १९ ओभरमा ३७ रनमा अलआउट भयो। उसका लागि शिला क्षेत्रीले सबैभन्दा बढी १० रन जोडिन्। बलिङमा मधेशकी अनुराधा चौधरीले ४ विकेट लिइन्।