त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार लागि तय भएको सुदूरपश्चिमविरूद्धको पहिलो सेमिफाइनल खेल कीर्तिपुरस्थित त्रिवि मैदान हिलो भएपछि रद्द भएको थियो। रद्द भएसँगै आर्मी फाइनल पुग्यो।
समूह ‘ए’ विजेता भएका कारण आर्मीलाई फाइनलमा स्थान दिइएको हो।
यता एनआरएनए र नेपाल पुलिस क्लबबीचको दोस्रो सेमिफाइनल खेल पनि मैदानका हिलो भएका कारण टस हुन सकेको छैन।
यो खेल पनि रद्द भएको अवस्थामा एनआरएनए फाइनलमा पुग्नेछ। एनआरएनए समूह ‘बी’ को विजेता भनेर अन्तिम चारमा पुगेको थियो।
स्वर्ण पदकका लागि भोलि फाइनल भिडन्त हुने तय छ।