नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतिस्पर्धामा मधेश प्रदेशमाथि कर्णाली प्रदेशले जित निकालेको छ। मंगलबार भएको खेलमा कर्णालीले ३ रनको जित निकाल्यो।
कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ११४ रन जोड्यो। उसका लागि विपिन यादवले २४ रन, प्रकाश जैसीले १९ रन र दिनेश अधिकारीले १५ रन जोडे।
बलिङमा मधेशका आदिल अन्सारीले ५ विकेट लिए। उनले ४ ओभरमा १४ रन खर्चिए। हरिशंकर शाहले २ विकेट लिए।
११५ रनको लक्ष्य पछ्याएको मधेशले ९ विकेटको क्षतिमा १११ रन मात्र जोड्न सक्यो। उसका लागि हरिशंकरले ४८ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन।
बलिङमा कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए भने दिवान पुन र रविन्द्र शाहीले २-२ विकेट लिए।
समूह ‘ए’ मा रहेको मधेशको सबै पाँच खेल सकिदा ३ अंक मात्र रह्यो। जसका कारण मधेश समूह चरणबाट बाहिरियो।
कर्णाली भने ४ अंकसहित तेस्रो स्थानमा छ। शीर्ष स्थानको नेपाल पुलिसको अन्तिम खेलअघि ६ अंक छ। आर्मी ४ अंक जोडेर तेस्रो स्थानमा छ।