मोरङमा बालिका बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।
सुन्दरहरौँचा नगरपालिका-४ बस्ने ४७ वर्षीय अशोककुमार धामी थारू पक्राउ परेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले मंगलबार दिउँसो पक्राउ गरेको हो।
थारूविरूद्ध १५ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।