ललितपुरको कुपण्डोलमा कार र बस दुर्घटनामा परेको छ।
सोमबार बिहान करिब ७ बजेतिर ललितपुर महानगरपालिकास्थित कुपण्डोलमा साझा यातायातको बस र कार दुर्घटनामा परेको हो।
दुर्घटनामा एक जना महिला घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।
बागमती प्रदेश ०१-०३१ च ३८६५ नम्बरको कार र बा ४ ख ५६४६ नम्बरको बस ठोक्किएका हन्।
दुर्घटनाबाट कारमा रहेकी चालक रचना बाँस्कोटा घाइते छिन्।
उनको अल्का अस्पतालमा उपचार भइरहेको छ।