कास्कीको बेगनास तालमा पौडी खेल्नेक्रममा एक जना पुरूष बेपत्ता भएका छन्।
आइतबार साँझ पोखरा महानगरपालिका-३१ माझकुनास्थित बेगनास तालमा पौडी खेल्न पुगेका एक जना पुरूष बेपत्ता भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार गोरखा शहिद लखन गाउँपालिका-३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका हुन्।
उनको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ७ जना गोताखोर सहितको टोली परिचालन भएको हो।
गोताखोरको टोलीले तालमा खोजी कार्य सुरू गरेको छ।