दाङको तुलसीपुर उपमहानगरपालिका – १३ बखरियामा बस दुर्घटना हुँदा झन्डै ३० जना यात्रु घाइते भएका छन्।
दंगीशरणको गोलटाकुरीबाट तुलसीपुर तर्फ आउँदै गरेको ना १ ख ४००९ नम्बरको बस आइतबार बिहान पौने ११ बजे बखरिया ओरालोमा पल्टिएर दुर्घटना भएको हो।
घटनास्थलमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले करिब ३० यात्रु घाइते भएको अनुमान गरिएको बताए ।
‘हामीले देखिएका जति सबै घाइतेको उद्धार गरि उपचारका लागि तुलसीपुर पठाउँदै छौं,’ उनले भने ‘ कम्तिमा ३० जना जति घाइते भएको अनुमान छ।’
पल्टिएको बसले कसैलाई च्यापेको हुन सक्ने आशंकामा जेसेबी बोलाइएको उनले बताए ।