विद्यालयको भवन निर्माणको लागि जग खन्ने क्रममा रोल्पामा सकेट बम फेला परेको छ।
सोमबार दिउँसो त्रिवेणी गाउँपालिका वडा नम्बर २ दहवनस्थित भगवती माध्यमिक विद्यालयको भवन निर्माणका लागि जग खन्ने क्रममा सकेट बम फेला परेको हो।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विजय चापागाईंका अनुसार जग खन्दा सकेट बम फेला परेको भन्ने सूचनापछि प्रहरी घटनास्थल पुग्दैछ।
साथै प्रहरीले सकेट बम फेला परेपछि नेपाली सेनासँग पनि समन्वय गरी डिस्पोजलका लागि आग्रह गरेको छ। त्यो सकेट बम युद्धकालमा राखेको हुन सक्ने अनुमान प्रहरीको छ।